काठमाडौं – जेनजी नेपालले आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन आह्वान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।
‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबैजना सुरक्षित तरिकाले घर जानुस्,’ सूचनामा भनिएको छ ।
जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेशसँगै प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएपछि प्रहरीले रबर गोली चलाएको हो । प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् । प्रहरीले गोली चलाएपछि अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।














प्रतिक्रिया