गृहमन्त्री रमेश लेखकले दिए राजीनामा


काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएका हुन्।

गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बुढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए। त्यसपछि सभापति शेरबहादुर देउवाले राजीनामा दिन उनलाई निर्देशन दिएका थिए ।
बैठकमा गृहमन्त्री लेखकले सोमबारको घटनाबाट आफू दु?खी रहेको र नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए। लगत्तै उनी बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका हुन् ।

जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए। सो क्रममा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।