देउवा र महामन्त्री गगनको घर आन्दोलनकारीको कब्जामा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास तोडफोड र आगजनी भएको छ । थप सुरक्षाबल तैनाथ गरिए पनि मंगलबार बिहान आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेर तोडफोड र आगजनी गरेको हो ।

यस्तै, जेनजी आन्दोलनकारीले कांग्रेस महामन्त्री गगन थापाको घरमा तोडफोड गरेका छन् । काठमाडौंको रातोपुलस्थित रहेको थापाको घरको गेट र झ्यालमा तोडफोड गरेका छन् ।

सोमबार सरकारले १९ जना जेनजीको हत्या गरेपछि आक्रोशित युवाहरु आक्रमक भएका छन् । उनीहरूले नेताहरु कसैको घर पनि बाँकी नराख्ने चेतावनी दिएका छन् । सोही कारण राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री केपी ओली निवास, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवाससम्म टार्गेटमा परेका छन् ।

आन्दोलनकारीको कब्जामा सडक र नेताको घर पर्न थालेपछि सरकारमा रहेका विभिन्न दलका मन्त्रीहरुले धमाधम राजीनामा घोषणा गर्न थालेका छन् ।