सर्वोच्चद्वारा अनिश्चितकालका लागि पेसी स्थगित


काठमाडौं – सर्वोच्च अदालतले अनिश्चितकालका लागि मुद्दाको पेसी स्थगित गरेको छ । बुधबार बिहान हस्तलिखित सूचना टाँस गरेर सर्वोच्चले बिहीबारदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

सर्वोच्च अदालतमा मंगलबार जेनजी आन्दोलनको नाममा गरिएको आगजनीले सबै भौतिक संरचना जलेर नष्ट भएको छ । सर्वोच्चको भवनसमेत जीर्ण बनेको छ ।

अदालतका कुर्सी, टेबल, दराज, कम्प्युटर, कागजात सबै बाहिर ल्याएर जलाइएको छ । त्यसैले अदालतका कामकारबाही कहिलेदेखि सुरु हुन्छ भन्ने नै अन्योल छ ।