नेतृत्वलाई लिएर जेनजीका दुई समूहबीच कुटपिट


काठमाडौं – अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयलाई लिएर जेनजीका दुई समूहबीच कुटाकुट भएको छ । बिहीबार काठमाडौँको सुनधारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र बालेन्द साह बालेन पक्षका जेनजीबीच झडप भएको हो।

प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक(फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो। हर्कले आफूलाई नेतृत्व दिनुपर्ने माग राख्दै आएका छन् । तर बालेनले भने सुशीला कार्कीलाई अघि सारेका छन् । हर्क पक्ष कुनै हालतमा कार्कीलाई बनाउन नहुने पक्षमा छ ।

जंगी अड्डामा राजावादी दुर्गा प्रसाई र सुशीला कार्कीसँग वार्ता भइरहँदा जेनजी समूहलाई बाहिरै राखिएपछि नाराबाजी भएको थियो ।

काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू भए पनि जेनजीका विभिन्न समूहहरूले प्रदर्शन गरिरहेका छन्।
अहिले नेपाली सेनाले एम्बुलेन्सबाहेक कुनै पनि सवारीलाई सुन्धारा सडकमा आउजाउ गर्न दिएको छैन।