काठमाडौं । रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेका छन् । चौधरी सो पार्टीका संरक्षक थिए । निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै पार्टीको आधिकारिक अध्यक्ष मानेपछि चौधरीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । रेशमले पहिले नागरिक उन्मुक्ति पार्टीमा जो जुन पदमा निर्वाचित भएका थिए, तिनैलाई नयाँ पार्टीमा सोही पदमा राख्ने बताएका छन् ।
‘नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट निर्वाचित जो आयोगमा अद्यावधिक ह्नुनुभएको थिएन,उहाँहरूलाई सोही पदमा राखिने जानकारी गराउँदछु । सम्पर्कमा रहन र आवश्यक कागजात तयारी अवस्थामा राख्नहुन अनुरोध गर्द्छु,’ रेशमले भनेका छन् । पार्टी स्थापनादेखि आजसम्म आइपुग्दा रेशम र रञ्जिताबीच किचलो हुँदै आएको छ ।
हरेक एजेन्डा र विषयमा दुवैबीचको विवादले पार्टी छाड्नेको संख्या बढ्दै गएको छ । जेनजी आन्दोलनले राजनीतिक कोर्ष नै परिवर्तन गर्दै नयाँ निर्वाचनको मिति घोषणा भएपछि रेशमले आफ्ना बाबु लालवीर चौधरीलाई अध्यक्ष बनाएर नयाँ पार्टी घोषणाको तयारी गरेका हुन् ।














प्रतिक्रिया