जेनजी सरकारलाई चिनियाँ विदेश मन्त्रालयको बधाई, सहकार्य गर्ने प्रतिबद्धता


काठमाडौं – जेनजी आन्दोलनको सफलतापछि बनेको नयाँ सरकारलाई चीनले तीन दिनपछि बधाई दिएको छ । चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको हो ।

शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएकी हुन् । उनलाई पत्रकारको प्रश्न थियो– ‘सेप्टेम्बर १२ मा नेपालको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । यसबारेमा चीनको टिप्पणी के छ ?’

‘कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ,’ उनले भनेका छन् । लिनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेकोसमेत बताएका छन् ।

‘चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ’, उनले भने, ‘चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न तयार छ । विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ।

चिनियॉ विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भनिएको छ, ‘चीन र नेपालबीच समयदेखि स्थापित मैत्रीपूर्ण सम्बन्ध छ। चीन सधैं नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गप्रति सम्मान गर्दछ। हामी नेपालसँग मिलेर पाँच सिद्धान्तहरू अर्थात् शान्तिपूर्ण सहअस्तित्वलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदान–प्रदान तथा सहकार्य बढाउने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तत्पर छौं।

चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री लि खछियाङले अहिलेसम्म कुनै माध्यमबाट कार्कीलाई बधाई दिएका छैनन् । भारतको पञ्जाबस्थित धर्मशालामा रहेका दलाई लामाले समेत चीनले भन्दा पहिले कार्कीलाई बधाई दिएका छन् । नेपालका कुनै प्रधानमन्त्रीलाई दलाई लामाको शुभकामना आएको पहिलो हो ।