अन्तरिम सरकार विस्तार : गृहमन्त्रीका लागि पूर्व डिआइजी रमेश खरेल प्रमुख दावेदार


काठमाडौं – अन्तरिम सरकार विस्तारको तयारी तीव्र भइरहेका बेला गृहमन्त्री पदका लागि नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको नाम अग्रस्थानमा आएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सम्भावित मन्त्रिपरिषद्‌मा गृहमन्त्री चयनबारे भइरहेको छलफलमा खरेललाई सुशासन र कडाइप्रति स्पष्ट दृष्टिकोण राख्ने व्यक्तित्वका रूपमा प्राथमिकता दिइन लागेको स्रोतले जनाएको छ।

प्रहरी सेवामा रहँदा खरेलले भ्रष्टाचारविरुद्धको अभियान, आपराधिक गतिविधिमा कारबाही र प्रणाली सुधारका पहलमार्फत् जनस्तरमा पहिचान बनाएका कारण उनको नाम बलियो उम्मेदवारका रूपमा देखिएको हो। तर, राजनीतिक वृत्तमा गृहमन्त्रालयका लागि अन्य केही नामहरू पनि विचाराधीन छन्।