काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेसँगै उनकी सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लागेको छ। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण भने भोलि हुने भएको छ।
अर्थ मन्त्रालयमा पूर्वसचिव रामेश्वर खनाल, गृहमन्त्रालयमा वरिष्ठ कानुनविद् ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त हुने भएका छन्।
घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय समेत जिम्मेवारी दिइने भएको छ। यस्तै, गृहमन्त्री अर्यालले कानुन मन्त्रालय पनि सम्हाल्ने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार, तीनै मन्त्रीहरूले भोलि औपचारिक शपथग्रहण गरेर पदभार सम्हाल्नेछन्।














प्रतिक्रिया