काठमाडौं – माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदे सुझाव दिएका छन् । आफूले फोनमार्फत बधाई र केही सुझाव दिन खोजे पनि त्यो प्रयत्न असफल भएकाले सामाजिक सञ्जालमार्फत सुझाव दिनुपरेको बताएका छन् ।
श्रेष्ठले प्रधानमन्त्रीको नियमित सम्पर्कमा रहने व्यक्तिहरूमार्फत गरिएको प्रयत्न सफल हुन नसकेको उल्लेख गर्दै सरकार सञ्चालनबारे ६ बुँदे सुझाव दिएको बताएका छन् ।
नेता श्रेष्ठले राजनीतिक दलहरुभन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरू मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन, सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्न, भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरुमाथि कारवाही गर्न सुझाव दिएका छन् ।
यस्त्ै, ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया सुरुवात गर्न, भ्रष्टाचारविरुद्ध माओवादी नेतृत्वको सरकारले थालेका कारवाहीलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाउन र प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न भनेका छन् ।
नेता श्रेष्ठले लोकरिझ्याइँका अन्य छिटफुट काममा नभई घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न सुझाव दिँदै वर्तमान सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन नसके देश भयावह संकटमा धकेलिने चेतावनी दिएका छन् ।














प्रतिक्रिया