काठमाडौं । नवनिुयक्त ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएलगत्तै उनी टिचिङ अस्पताल पुगेर आन्दोलनका घाइते र तिनका परिवारलाई भेटेका हुन् ।
उज्यालो नेपाल अभियानका संयोजक कुलमानले घाइतेको अवस्था र उनीहरूका समस्याबारे जानकारी लिएका थिए । जेनजी आन्दोलनको बलमा गठन भएको नयाँ सरकारमा उनले महत्वपूर्ण दुईवटा मन्त्रालय पाएका छन् । टिचिङ अस्पतालबाट फर्केर उनले दुईवटै मन्त्रालयमा आजै पदभार सम्हाल्नेछन् ।














प्रतिक्रिया