१८ घन्टा खटेर काम गर्ने ऊर्जामन्त्री कुलमान घिसिङको घोषणा


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका छन्।

सोमबार मन्त्रालयमा कार्यभार सम्हाल्दै घिसिङले पहिलो निर्णयका रुपमा विद्युतको बक्यौता उठाउन निर्देशन दिने निर्णय गरेका हुन्।

घिसिङले १८ घन्टा खटेर काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले आफू पनि १८ घण्टा काम गर्ने घोषणा गरेका छन् ।
मन्त्री घिसिङले सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सहयोग संकलन गर्न विशेष कोष स्थापना गरिने घोषणा गरेका छन् ।
नेपालमा जुनसुकै ऊर्जामन्त्री नियुक्त भएर आए पनि पहिलो निर्णय डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने नै हुने गरेको छ । कुलमान विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा पनि यही विषयले धेरै चर्चामा थिए । प्रबन्ध निर्देशकबाट हटेको पाँच महिनामै उनी ऊर्जामन्त्री बनेका छन् ।