काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले आफूलाई सामाजिक सञ्जालमा गाली गरिरहेका धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पाङलाई जवाफ फर्काएका छन् । आफूलाई केही दिनदेखि हर्कले तारान्तार गाली गर्दै स्टाटस लेखेपछि बालेनले मंगलबार जवाफ फर्काएका हुन् ।
बालेनले आफूले हर्कलाई धेरै माया गर्ने गरेको उल्लेख गरेका छन् । उनले आफ्नो माया साँचो भएको दाबी पनि गरेका छन् ।
‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो,’ बालेनले लेखेका छन् ।
जेनजी आन्दोलनको सफलतापछि प्रधानमन्त्री खान आएका हर्क मन्त्रीसमेत नपाएर धरान फर्केका छन् । धरान नजाँदै हर्कले बालेनलाई अँध्यारो पर्दामा बसेर आतंक मच्चाएको, सिंहदरबार जल्दा रमिते बनेको, विदेशीलाई नेपालमा खेल्न छुट दिएको, विदेशी शक्तिसँग लम्पसार परेको, प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा सिध्याएको जस्तो आरोप लगाउँदै आएका छन् ।
तर यी सबैको आरोपका बाबजुद पनि बालेनले हर्कलाई शिष्ट ढंगले जवाफ दिएका छन् । उनले हर्कलाई ‘यु आर माई ट्रु लभ’ भनेका छन् ।














प्रतिक्रिया