पार्टी कार्यालय पुगेर महेश बस्नेतले दिए सरकारलाई यस्तो चेतावनी


काठमाडौं – जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ता भेला हुने क्रम बढेको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलले क्षतिग्रस्त पार्टी कार्यालयको निरीक्षण गरेका थिए ।

मंगलबार एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतसहित सयौं कार्यकर्ता पार्टी कार्यालय पुगेका थिए । उनीहरूलाई सम्बोधन गर्दै महेश बस्नेतले वर्तमान सरकारमा रहेका मन्त्रीहरूमाथि विभिन्न आरोप लगाएका छन् ।

बस्नेतले एक दुई दिनमै राजधानीमा भब्य कार्यक्रम आयोजना गरी १० हजार बढी मान्छे उतार्ने चेतावनी दिए । उनले अर्थमन्त्री रामेश्वर खनालले सचिवको सेवासुविधा अझै लिएकाले मन्त्रीको सेवासुविधा नलिने स्टन्ट देखाएको आरोप लगाए ।

प्रधानमन्त्री सुशीला कार्कीले पूर्वप्रधानन्यायाधीशको सेवासुविधा अझै लिएको, भौतिक पूर्वाधार तथा ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत प्राधिकरणमा हुँदा आफ्नो भाइहरुसँग मिलेर करोडौं चलखेल गरेको आरोप लगाए ।

यस्तै, गाईको मासु निर्यात गर्न पाउनुपर्छ भन्दै रिट दर्ता गर्ने ओमप्रकाश अर्याल गृहमन्त्री बनेको उनले आरोप लगाए । सहिदको परिवारबाट एकजनालाई मन्त्री बनाउन चुनौती दिँदै प्रदर्शनमा मृत्यु हुनेबाहेक चोर्न गएर जलेर मर्नेहरुलाई सहिद घोषणा नगर्न र बरु क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।