काठमाडौं – जेनजी आन्दोलनको मागबमोजिम संविधान संशोधन २०८६ सालको राष्ट्रिय सभाको चुनावपछि मात्र सम्भव हुने देखिएको छ ।
आगामी फागुन २१ को चुनावमा नयाँ दलहरूले दुई तिहाइभन्दा बढी बहुमत ल्याए पनि राष्ट्रिय सभामा पुरानै दलहरू हुनेछन् । नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभा एक प्रकारको स्थिर सदन हो र यसको एक तिहाइ सदस्यको चुनाव प्रत्येक दुई वर्षमा हुन्छ ।यसले गर्दा नयाँ दलको सपनामा पुर्णबिराम लागेको छ । बालेन शाहको दलको चर्चा चल्दै गर्दा यस्तो समाचार बाहिरिदा प्रतक्ष्य निर्बाचित प्रधानमन्त्री कसरी हुने भन्ने प्रश्न उठेको छ l
राष्ट्रिय सभाको चुनावमा जनताले प्रत्यक्ष मत हाल्न पाउँदैनन् । प्रदेश सभाका सदस्यहरू र पालिकाका अध्यक्ष र उपाध्यक्ष (प्रमुख र उपप्रमुख) ले मात्र मत हाल्छन् । आगामी माघमा राष्ट्रिय सभाको चुनाव हुँदै छ । प्रदेश र पालिकामा पुरानै दलहरू रहेकाले आगामी राष्ट्रिय सभाको चुनावमा पनि पुरानै दलहरूले जित्नेछन् ।
२०८४ को स्थानीय र प्रदेश सभाको चुनावपछि जनताले स्थानीय र प्रदेश सभामा पनि जनताले नयाँ दललाई भारी बहुमत दिएमा २०८४ को माघ र २०८६ को माघमा हुने राष्ट्रिय सभाको चुनावपछि मात्र नयाँ दलको राष्ट्रिय सभामा दुई तिहाइ मत पुग्छ र संवैधानिक बाटोबाट संविधान संशोधन हुन्छ । त्यसअघि जति कराए पनि संविधान संशोधन गर्न सकिन्न । यदि आगामी निर्वाचनमा पनि अहिलेकै पुराना दल हाबी भएमा जेनजीले भने जस्तो संविधान संशोधन असम्भव छ । पुराना दलहरूले संविधान संशोधन गर्ने भनेकै थिए । तर प्रयत्न भने गरेका थिएनन् । तर प्रत्यक्ष कार्यकारी निर्वाचनबाटै गर्ने जेनजीको माग भने तत्काल पूरा हुनसक्ने अवस्था देखिन्न ।














प्रतिक्रिया