काठमाडौं – दशैंको फूलपाती (असोज १३) मा प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। हरिवंश आचार्यले शीर्ष भूमिकामा रहेको फिल्मले उनको परिवार, जीवनकथा र चुनावी हतकण्डाजस्ता समसामयिक राजनीतिक प्रसङ्गलाई समेटेको छ।
दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेललगायत कलाकारको अभिनय छ। संगीत वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले गरेका छन्।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्म दशैंको फूलपातीका दिन नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैसाथ रिलिज हुनेछ।














प्रतिक्रिया