अर्काको सम्पत्ति आगजनी गर्ने एमाले हुनै सक्दैन: पदम गिरी


काठमाडौं — नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले पार्टीको नाममा हुने तोडफोड, आगजनी र अराजकता कुनै पनि हालतमा सह्य नहुने टिप्पणी गरेका छन्। उनले भने, “तोडफोड आगजनी गर्ने एमाले हुँदै सक्दैन…त्यस्तो मान्छे एमाले हुन सक्दैन,” र यस्ता व्यक्तिहरूलाई खोजी गरी निर्ममतापूर्वक कारबाही गरिनुपर्ने बताए।

गिरीले प्रशासनमाथि पनि जोड दिँदै सम्बन्धित समूहहरूमाथि कानुनी कारबाही र तुरुन्त पक्राउ गर्न भूमिका अपनाउन आग्रह गरे। उनका अनुसार पार्टी कार्यालय, नेताका घर तथा सार्वजनिक सम्पत्ति जलाएर तर्साउने प्रयासले अग्रसरतालाई रोक्न नसक्ने हुँदा एमालेले पुनः सङ्गठित र एकताबद्ध भएर अगाडि बढ्नेछ।