काठमाडौं । मन्त्रिपरिषद् बैठक आइतबार बस्दैछ । आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने छ ।
सरकारले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने तयारी गरेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ । जेनजी विद्रोहका क्रममा प्रहरीको दमनबाट ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
घटनाको प्रमाण मेटेर दोषीहरूलाई उन्मुक्ति दिन जोडबल लगाइरहेको भन्दै आलोचना सुरु भइसकेको छ । जसरी नारायणहिटी हत्याकाण्डको प्रमाण मेटाइयो त्यस्तै अहिले सडकमा गोली हानी गरिएको हत्या र देशका प्रमुख प्रशासकीय केन्द्र तथा सर्वोच्च अदालतलगायतका सरकारी कार्यालयमा गरिएका आगजनीको घटना अनुसन्धान गर्न आयोग नै नबनी त्यसले प्रमाण संकलन नै नगरी सरसफाइ गर्न भनिएको छ। रङ पोत्न निर्देशन दिइसकिएको छ। भोलि कुनै सरकारले आयोग बनाएर छानबिन गर्दा पनि दशी भेटिने छैनन्।
घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे आयोगले छानबिन गर्नेछ । पदभार सम्हालेकै दिन प्रधाननमन्त्री कार्कीले आन्दोलनमा सरकारी, सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् । गत सोमबार बसेको मन्त्रिपरिषद्ले न्यायिक जाँचबुझ आयोग गठन गर्ने विषयमा सैद्धान्तिक निर्णय गरेको थियो । आयोगको संरचना कस्तो हुने भन्नेबारे मात्र टुंगो लाग्न बाँकी छ । आयोगमा तीनजना सदस्य रहने छ ।














प्रतिक्रिया