रास्वपा केन्द्रीय समिति बैठक सुरु, यस्ता छन् एजेन्डा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। केहीबेरअघि बनस्थलीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो ।

जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको सुरुवात भएको छ।

केन्द्रीय समिति बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट सभापतिहरूले विवरण प्रस्तुत गर्ने, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा र पार्टीको महाधिवेशन सम्बन्धमा छलफल गर्ने एजेन्डा रहेको छ ।

बैठक सकिएपछि रास्वपाले मंगलबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने भएको छ । हालैको जेनजी आन्दोलनमा आफ्नो पार्टीको पनि सक्रिय सहभागिता रहेको रास्वपाले जनाएको छ । जेनजी आन्दोलन चर्र्किदै जाँदा रास्वपाका सबै सांसदले पदबाट सामूहिक राजीनामा पनि दिएका थिए । तर त्यो स्वीकृत नहुँदै जेनजी आन्दोलनले प्रतिनिधिसभा नै विघटन भयो ।