निर्देशक माओत्से गुरुङको निर्देशनमा बन्ने दोस्रो फिल्म “पेन्सनपट्टा“मा गुरुङ भाषाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन्। यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका थिए।
विश्वासले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुुवा’ जस्ता गुरुङ फिल्ममा अभिनय गरेका छन् भने मायाले ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मार्फत अभिनय यात्रा अघि बढाएकी थिइन्। दुवै कलाकार पहिलो पटक नेपाली मूलधारको फिल्ममा देखिन लागेका हुन्।
कार्तिकदेखि फ्लोरमा जाने ‘पेन्सनपट्टा’ शीर्षकले भूतपूर्व लाहुरेको कथा संकेत गरे पनि, फिल्मले वास्तवमा लोभी युवक उदार बन्ने कथा देखाउने निर्देशक गुरुङले बताएका छन्।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमाको सम्पूर्ण छायांकन पोखरा र आसपासमा हुनेछ। सुशन प्रजापति छायांकन निर्देशक र सुरज तमु कास्टिङ निर्देशक रहनेछन्।
माओत्से गुरुङको पहिलो निर्देशन सफल बक्सअफिस फिल्म मानिएको थियो। चरित्र अभिनेता हुँदै निर्देशक तथा निर्माता बनेका उनी पछिल्ला वर्षमा लेखन र निर्देशनमा सक्रिय छन्।














प्रतिक्रिया