काठमाडौं – युट्युबबाट प्राविधिक कारणले हटाइएको चलचित्र “जेरी अन टप’को गीत ‘कस्तुरी’ पुनः सार्वजनिक गरिएको छ। आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर, जयन जे वाइबाको शब्द तथा संगीतमा तयार गीत रोमान्टिक शैलीमा प्रस्तुत गरिएको हो।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र आँचल शर्मा फिचर भएका छन्। मुस्ताङदेखि भारतको राजस्थानसम्म खिचिएका रमणीय दृश्यहरूमा किरण थापाको कोरियोग्राफी रहेको छ। भिडियोमा अनमोल र आँचलको केमिस्ट्री दर्शकलाई आकर्षक लाग्ने निर्माण पक्षको अपेक्षा छ।
सुयोग गुरुङ निर्देशित चलचित्रमा अनमोल र आँचलसँगै जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी र उषा खड्गीको प्रमुख भूमिका छ भने अभिनेत्री सुरक्षा पन्त विशेष भूमिकामा देखिनेछिन्।
सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्ममा न्यौपानेसँगै रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता छन्। अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्माता रहेका यस चलचित्रलाई आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा ल्याइने भएको छ।














प्रतिक्रिया