काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक सम्पन्न भएपछि साँझ ६ बजे उनले राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ ।
भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंशपछि उत्पन्न राजनीतिक परिस्थिति, अन्तरिम सरकारको गठन, आगामी निर्वाचनलगायत विषयमा सम्बोधन गर्ने बुझिएको छ । उनले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा प्रधानमन्त्रीको सम्बोधन लेखनको तयारी भइरहेको छ । मुख्यसचिव एकनारायण अर्यालसहित केही सचिवहरू पनि यसमा संलग्न छन् । आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचनमा सहभागी बन्न कार्कीले प्रमुख राजनीतिक दलहरूलाई आह्वान गर्ने बताइएको छ । दलहरूको सहमति र सहयोगविना निर्वाचन नहुने भएकाले उनले खुला आह्वानको तयारी गरेकी छन् ।














प्रतिक्रिया