कांग्रेस नेता दिव्यमणि राजभण्डारीले सरकारलाई दिए ५१ लाख


काठमाडौं । कांग्रेस नेता दिव्यमणि राजभण्डाीले मुलुकको पुनर्निर्माणका लागि भन्दै सरकारलाई ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनबाट व्यापक धनजनको क्षति भएलगत्तै उनले केही दिनअघि आफ्नोतर्फबाट ५१ लाख सहयोग रहने घोषणा गरेका थिए ।

नेता भण्डारीले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई सरकारको खातामा ५१ लाख रुपैयाँ जम्मा गरिदिएको कागज हस्तान्तरण गरेका छन् । राजभण्डारी समाजसेवी पनि हुन् । एकपटक कांग्रेस सांसद बनेका उनी आफूलाई लागेको लेख्न र बोल्न डराउँदैनन् ।

‘भगवानका कृपा, गुरुदेव र अग्रजहरुका आशीर्वादअनुसार दिव्य वचन पूरा गरियो। कोषमा Bank Transfer मार्फत रु एक्काउन्न लाख (Rs5,100,000) रकम जम्मा गरेका Document सम्माननीय प्रधानमन्त्रीज्यूलाई बुझाइयो। वीर शहिदहरुमा पुनः श्रध्दाञ्जलि अर्पण गर्दै यस्ता रकमहरुको सदुपयोग गरी दिवंगत शहिदहरुका आत्मालाई चिरशान्ति मिल्ने कार्य गर्न साथै उहाँहरुका सम्झनामा नामांकन गर्न अनुरोध गरियो,’ राजभण्डारीले भनेका छन् ।