काठमाडौं – असोज १३ गते अर्थात् दशैंको फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागिरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले आफ्नो नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक गरेको छ।
समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको यस गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज तथा श्याम श्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ रहेको छ।
गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, वर्षा राउतसहित चलचित्रका अन्य प्रमुख कलाकार फिचर भएका छन्। कथा अनुरूप प्रवाहमान बनेको भिडियोमा प्रेमिल र मनोरञ्जनात्मक दृश्य समावेश गरिएको छ।
विक्रम स्वारले कोरियोग्राफी गरेको भिडियो कृष्ण बहादुर थापाले खिचेका हुन् भने सम्पादन नकुल खड्काले गरेका हुन्।
दीपेन्द्र के. खनाल निर्देशित यस फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ।
एसएम मोशन पिक्चर्सको ब्यानरमा बनेको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाको छायांकन तथा नकुल खड्काको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ। गीतहरूमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।दसैँ भन्नेवित्तिकै आर्थिक आयआर्जनको मुख्य सिजन मानिन्थ्यो । तर यसपटक त्यसलाई जेनजी आन्दोलनले हरण गरेको छ ।














प्रतिक्रिया