नातिकाजी श्रेष्ठ पत्नी सरस्वतीको निधन


काठमाडौं । संगीत महर्षी नातिकाजी श्रेष्ठकी पत्नी सरस्वति श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ । नातिकाजी स्मृति समाजकी संरक्षिकासमेत रहेकी श्रेष्ठको आइतबार (४ अक्टोबर २०२५) क्यानडाको भ्यानकुभरमा निधन भएको हो ।

नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाल समाजकी प्रमुख संरक्षिका आदरणीय श्रेष्ठको असामयिक निधनले आफू स्तब्ध भएको जनाएका छन् । उनले शोक सन्तप्त परिवारमा समवेदनासमेत प्रकट गरेका छन् ।

‘संगीत महर्षी नातिकाजी श्रेष्ठकी अर्धागीनी तथा यस नातिकाजी स्मृति समाजकी प्रमुख संरक्षिका आदरणीय सरस्वती श्रेष्ठको ४ अक्टोबर २०२५ का दिन क्यानाडाको भ्यानकुभरमा ८७ वर्षको उमेरमा असामयिक निधन भएकाले उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं,’ वरिष्ठ संगीतकार बासकोटाले भनेका छन् ।

पछिल्लो केही समययता अस्वस्थ रहेकी श्रेष्ठ परिवारका साथ क्यानडा बस्दै आएकी थिइन् ।