काठमाडौं । दुई वर्षअघि हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नभएको इजरायलले जानकारी दिएको छ । सोमबार बिहान इजरायली अधिकारीले उनको परिवारजनलाई विपिन जीवित नभएको जानकारी गराएको हो ।
इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले अमेरिकामा रहेका विपिनका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई भर्खरै यो जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिएका छन् ।
हमास समूहले विपिनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो । उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो । हमास समूहले आज उसको कब्जामा रहेका २० जनालाई इजरायलसमक्ष हस्तान्तरण गर्दैछ ।
नेपाली राजदूत पण्डितका अनुसार विपिनको शवसमेत अज्ञात छ । सोही कारण अहिलेसम्म विपिन बन्धक भएको र उनको अवस्थाबारे कुनै जानकारी नआएको हो ।














प्रतिक्रिया