मधेशमा लोसपाका सोनल मुख्यमन्त्री बन्दै, कांग्रेस र एमालेलाई धक्का


काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेस गर्न बुधबार अपरान्ह ४ बजेसम्म समय दिइएको छन् । प्रदेश प्रमुखले दलहरूलाई आह्वान गरेपछि लोसपाको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । मंगलबार मध्यरातसम्म बसेको विभिन्न दलहरूको बैठकले लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमति गरेका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा राति नै गठबन्धन सकरार बनाउनेबारे सहमति भएको हो । यसमा जनमत पार्टी पनि सहभागी हुने जनाइएको छ । नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, माओवादी, एकीकृत समाजवादी र जनमत पार्टी सहभागी रहने छन् ।

यो पाँचदलीय गठबन्धनमा ५६ जना सांसद छन् । उनीहरुले बुधबार नै सरकारको नेतृत्वका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । यसअघि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको गठबन्धन सहमतिको पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाएको थियो । जसमा ५८ सांसदको हस्ताक्षर थियो । तर मंगलबार जनमत पार्टी फुटेर जनस्वराज पार्टी अलग भएपछि कांग्रेस नेतृत्वको सरकारको सम्भावना टरेको हो ।