काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले पत्रकार रामबहादुर रावललाई प्रेस संयोजक नियुक्त गरेकी छन् । प्रधानमन्त्री भएको एक महिनापछि कार्कीले नेपालखबर अनलाइनका सम्पादक रावललाई प्रेस संयोजकमा नियुक्त गरेकी हुन्।
यसअघि कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक र ग्यालेक्सी टेलिभिजनमा नेतृत्व तहमा रहेर काम गरिसकेका रावल कानुन क्षेत्रको रिपोर्टिङमा परिचित छन्।
लामो पत्रकारिता अनुभव भएका रावलले राजनीतिक, कानुनी र प्रशासनिक विषयमा गहिरो अध्ययन र विश्लेषण गर्ने क्षमता राख्छन्। प्रधानमन्त्री कार्कीको प्रेससम्बन्धी समन्वय, सूचना प्रवाह र मिडिया व्यवस्थापनको जिम्मेवारी अब रावलले सम्हाल्नेछन्। यसअघि कार्कीले पत्रकारसमेत रहेका अजयभद्र खनाललाई आफ्नो सल्लाहकार टिममा नियुक्त गरेकी थिइन् ।














प्रतिक्रिया