जलविद्युतआयोजनाकोविद्युत्खरिदकोप्रतिस्पर्धीदरतयगरौंःमन्त्रीकुलमानघिसिङ


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिकपूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङलेजलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)कोप्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गर्नुभएको छ ।

आयोगको गत आर्थिक वर्ष २०८१÷८२को वार्षिक प्रतिवेदन बुधबारबुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थपसर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । आयोगका अध्यक्ष रामप्रसादधितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गर्नुभएको थियो ।

आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले भन्नुभयो, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ जसले पिपिएलाईप्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत आयोजनाकोपिपिएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पिपिएप्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्र सम्बन्धी कागजाततयार गर्नुहोस् ।’

नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दैआएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रतियुनिट ५।९४ (पाँच रुपैयाँ चौरानब्बे पैसा) रहेको छ । जलविद्युतआयोजनाको पिपिए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दरक्रमश ः ४.८० र ८.४० रुपैयाँ रहेको छ ।

नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगकापदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्धनएवम् प्रोत्साहन र प्राधिकरणलाई दीगो बनाउने गरी आफ्नाक्रियाकलापमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।