काठमाडौं – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। नेता गुरूराज घिमिरेका अनुसार विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको हो ।
मंगलबार नै हस्ताक्षर बुझाउने तय थियो । तर कार्यबाहक सभापति खड्काले बुधबारका लागि समय सारेका थिए । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हस्ताक्षर अभियान चलाइएको हो । ५४ सयभन्दा बढी कांग्रेसका महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको नेता घिमिरेले बताए । जुन ५३ प्रतिशत हुन आउने उनको भनाइ छ ।
विशेष महाधिवेशन मागसहितको हस्ताक्षर नियमित अधिवेशनका लागि दबाब पनि हो । केन्द्रीय कार्यालयमा कार्यबाहक सभापति खड्काले हस्ताक्षर बुझिसकेकाले केन्द्रीय कार्यसमिति बैठकलाई समयमै नियमित महाधिवेशनको मिति तोक्न दबाब परेको छ । यदि यसो गरिएन भने विशेष महाधिवेशन बोलाउन कांग्रेसका महाधिवेशन प्रतिनिधि बाध्य हुन्छन् ।














प्रतिक्रिया