काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल आफ्नै दोहोरो चरित्र र भूमिकाका कारण विवादमा तानिएका छन् । जेनजी प्रदर्शनको बलमा गृहमन्त्रीको कुर्सीमा पुगेका अर्याल अहिले आफू के बोल्दैछु भन्ने भेउसमेत पाउन छाडेका छन् ।
प्रहरीले जेनजी प्रदर्शनका क्रममा हिंसा मच्चाउने, तोडफोड गर्ने र आगजनी गनेलाई कारबाही थालेको थियो । तर गृहमन्त्री अर्यालले उनीहरूलाई उन्मुक्ति दिए । अहिले जेनजीको नाममा गतिविधि गर्नेलाई कारबाही हुन्छ भनेर उनी आफैै भन्दैछन् ।
अर्यालले जेनजीका नाममा कार्यालय(कार्यालय गएर कर्मचारीलाई धम्क्याउनेहरूलाई नियन्त्रणमा लिने बताएका छन्। बुधबार गृह मन्त्रालय अगाडि पत्रकारहरू कुराकानी गर्दै उनले त्यस्ता गतिविधि गलत भएको र नियन्त्रण लिने बताए।
गृहमन्त्रीलाई एक पत्रकारले प्रश्न सोधेका थिए, ‘जेनजीका नाममा कार्यालय कार्यालय गएर हप्काइरहेका छन् ?’ जवाफमा उनले भने, ‘त्यो गलत क्रियाकलाप हो। तिनीहरूलाई नियन्त्रणमा लिन्छ सरकारले। जेनजीका नाममा कसैले गलत क्रियाकलाप गर्छ भने त्यो गलत क्रियाकलाप हो। त्यो सुशासन विरोधी क्रियाकलाप हो। त्यसलाई सरकारले निगरानी गर्छ। त्यसलाई समयक्रममा प्रहरी प्रशासन लाग्छ। त्यो कुरालाई काबुमा राख्छ। जेनजीको विद्रोह सुशासनका लागि हो।’
स्रोतका अनुसार मन्त्री अर्याललाई आफ्नै कर्मचारी र प्रहरीले समेत टेर्न छाडेको छ । ६ महिने मन्त्री भन्दै उनले दिएका निर्देशनसमेत पालना हुन छाडेको बताइन्छ ।














प्रतिक्रिया