काठमाडौं । नेपालको अग्रणी अनलाइन बस तथा हवाइ टिकट बुकिङ गर्ने संस्था बससेवाले तिहार र छठ पर्वलाई लक्षित गरी अभियान घोषणा गरेको छ । तिहार र छठ पर्वभर बससेवामार्फत टिकट काट्ने यात्रुहरूमध्ये ३० जनालाई चाँदीको बिस्कुट, दुईजनालाई भिभो कम्पनीको मोबाइल फोन दिन लागेको हो ।
कम्पनीका अनुसार २९ भदौदेखि १४ कार्तिकसम्म यो अभियान रहन्छ । दसैंमा टिकट काट्ने पाँचजनाले पाए खसी उपहार
बससेवाले नेपालीको महान चाड दसैंका अवसरमा ‘बस टिकट काट्दा खसी उपहार’ कार्यक्रमअन्तर्गत पाँचजनाले उपहारस्वरुप खसी जितेका छन् । गत मंगलबार बससेवाको कार्यालयमा आयोजित ‘लक्की ड्र’मार्फत उनीहरूले उपहार जितेका हुन् ।
बससेवाका डेनिसविक्रम थापाका अनुसार ‘लक्की ड्र’ बससेवाको फेसबुक पेज र टिकटकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । ‘लक्की ड्र’मार्फत टिकट नम्बर ७३६७१७७–B का कमल भट्टराई (काठमाडौं–अर्घखाँची), ७३१४००१–B का लिलाधर भट्टराई ( काठमाडौं–प्यूठान), ७४४७२६३–B का महेश्वर पौडेल (वालिङ–काठमाडौं), ७४०२३५२–B का आश्विन ढकाल (काठमाडौं–पोखरा) र ७२८१०६४–B का नवीन रिजाल (काठमाडौं–बेलहिया)ले जितेका छन् ।
यस्तै, उपहार कार्यक्रमअन्तर्गत नै ५० जना यात्रुले दुई हजार बराबरको लत्ताकपडा किनमेलको कुपन पाइका छन् भने एक सयजनाले फ्रि–टिकट जितेका छन् । विजेताहरूको नाम सूची बससेवा को वेबसाइट, मोबाइल एप र आधिकारिक Facebook Page मा हेर्न सकिन्छ।
नेपालमा यात्रा बुकिङको लागि बससेवा लोकप्रिय हुँदै गएको प्लेटफर्म हो। बस, हवाइ उडान वा होटल रुम- सबै कुरा अब एउटै एपबाट सजिलै बुक गर्न सकिन्छ। ग्राहक सहयोग पनि राम्रो छ; हरेक दिन राति १० बजेसम्म सहायता उपलब्ध हुन्छ। सबै सेवामा क्यासब्याक र प्रोमो कोड जस्ता अफरहरू पनि पाइन्छन्।














प्रतिक्रिया