सुनचाँदी बजारमा गिरावट, एकैदिन ४,८०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं – आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर २ लाख ५३ हजार २ सय रुपैयाँ कायम गरिएको छ।

यसअघि शुक्रबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको गिरावटको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार २७५ रुपैयाँमा झरेको छ।