काठमाडौँ – सर्लाही जिल्ला बरहथवा नगरपालिका–९, रविचोकबाट सशस्त्र प्रहरीले ३२ लाख ८९ हजार रुपैयाँ मूल्यको नास्पातीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।
म.प्र.०३.००२ ख ३६४१ र प्र.१.०१.००१ ख ४४०१ नम्बरका ट्रकमा लोड गरिएको नास्पातीको बिलबिजक शंकास्पद देखिएपछि सशस्त्र प्रहरी बलको विशेष अनुगमन टोलीले चालक देव श्रेष्ठ र भीमबहादुर उप्रेतीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उक्त नास्पाती भारततर्फ लैजान लागिएको आशंका गरिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई ट्रक र बरामद वस्तुसहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ। कुल भन्सार दाखिला मूल्य ८२ लाख ८९ हजार रुपैयाँ कायम गरिएको प्रहरीले जनाएको छ।














प्रतिक्रिया