काठमाडौं । अन्तरिम सरकारमा मन्त्री बन्न लागेका ‘दलितका लागि दलित अभियान, नेपाल’ का संयोजक खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी भएको तथ्य बाहिर आएको छ । स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा उनलाई पक्राउ गर्न २०८१ असार २१ गते नै सुर्खेत जिल्ला अदालतले पुर्जी जारी गरेको थियो ।
उनले गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटामाथि हातपात गरेका थिए । अदालतमा असार १४ गते मुद्दा दायर भएकोमा असार २१ गते सात दिने पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा विचाराधीन छ ।
स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा उनलाई पक्राउ गर्न २०८१ असार २१ गते नै सुर्खेत जिल्ला अदालतले पुर्जी जारी गरेको थियो ।
सुनारले एक महिला अधिवक्तालाई ‘रण्डी’ र ‘ठमेलको बारवाली’ लेखेपछि सर्वोच्चमा मानहानीको मुद्दा दायर गरिएको हो । वैदेशिक रोजगारमा जानेहरुलाई ठगी गरेको आरोप पनि उनीमाथि छ । सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिने र व्यक्तिको चरित्रहत्या गर्ने उनीमाथि साइबर ब्युरोमा पनि थुप्रै उजुरी छन् । सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको, तर मुद्दा फर्स्यौट नभएको पाइएको छ ।
मन्त्री बनाउन कोही नपाएर पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीले ठगीदेखि महिलाको चरित्रहत्यासम्ममा मुछिएका अर्का व्यक्तिलाई मन्त्री नियुक्त गर्न लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
सुनारले केही दिनअघि मात्रै गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्ना माग राखेका थिए। उनले आगामी निवार्चनमा १३ प्रतिशत दलित प्रत्यक्ष र समानुपातिक प्रतिनिधि अनिवार्य हुने कानुनी व्यवस्था गर्नुपर्ने, हत्या बलात्कार गरिएका दलितलाई न्याय र राहत दिन गरिएका सम्झौता तत्काल कार्यान्वय गर्नुपर्ने, प्रहरीको दलित सेललाई प्रभावकारी गराउनु पर्ने, संविधान प्रदत्त दलितको हक अधिकार कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्नेलगायतका बिषयमा ध्यानाकर्षण गराएका थिए ।














प्रतिक्रिया