प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ


काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष तथा एमाले पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई मंगलबार राति पक्राउ गरेको हो।

प्रभु रेमिट्यान्स तथा सहकारीको पैसा प्रभु ग्रुपले हिनामिना गरेको विषयमा भट्टचनविरुद्ध यसअघि नै उजुरी परेको थियो । तर छानबिन अघि बढेको थिएन ।

प्रभु ग्रुपकै पूर्वसञ्चालक कुसुम लामाले भट्टचनविरुद्ध सिआईबीमा उजुरी गरेकी थिइन्। सिआइबीका प्रमुख मनोज केसीले रेमिट्यान्सको रकम ठगीसम्बन्धी विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जानकारी दिए। स्रोतका अनुसार भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ अपचलन गरेको उजुरी परेको छ ।

१९९० मा प्रभु ट्राभलबाट व्यवसाय सुरु गरेका भट्टचनले वित्तीय संस्था र कार्गो व्यवसाय पनि थालेका थिए। उनले प्रभु बैंकमा लगानीदेखि प्रभु हेलिकप्टरसम्म सञ्चालन गरेका छन्। २०७९ को निर्वाचनमा उनलाई एमालेले सांसद बनाएको थियो। त्यसअघि भने उनी नेपाली कांग्रेसमा आवद्ध थिए।