काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारत आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारले जनाएको छ ।
आलमको दुवै मृगौलामा खराबी देखिएकाले डायलासिस भइरहेको चिकित्सकले जानकारी दिएका छन् । मंगलबार साँझ आलमको निधन भएको भन्दै हल्ला फैलिएपछि बुधबार बिहानदेखि परिवारले सामाजिक सञ्जालमार्फत आलमको स्वास्थ्य अवस्थाबारे जानकारी बाहिर ल्याएको हो ।
इँटाभट्टामा मान्छे हालेर मारेको अभियोगमा उनी लामो समय थुनामा थिए । तर जिल्ला अदालत रौतहटले कुनै प्रमाण फेला पर्न नसकेको भन्दै उनलाई सफाइ दिएपछि उनी नख्खु कारागारबाट मुक्त भएका थिए । त्यसलगत्तै उनलाई हर्ट अट्याक भएको थियो । त्यसयता उनको कुनै चर्चा परिचर्चा भएको थिएन ।














प्रतिक्रिया