काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनार काभ्रे जिल्ला अदालतमा उपस्थित भएका छन् । मन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका उनी बिहीबार बयानका लागि अदालतमा उपस्थित भएका हुन् । अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी हुन् ।
काभ्रे अदालतले गत साउन ५ गते नै सुनारलाई पक्राउ गरेर बुझाउन भन्दै दैलेख प्रहरीलाई पक्राउ पुर्जी काटेको थियो । अधिवक्ता गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । सोही कारण प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम मन्त्रीमा काटेकी थिइन् ।
कानुन व्यवस्थायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । बयान सकिएपश्चात आजै थुनछेक बहस हुनसक्ने सम्भावना छ । सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।














प्रतिक्रिया