काठमाडौं । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।
नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना कार्यक्रममा बिहीबार गौतमले सम्बोधन गरेका थिए । उद्योगहरूमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भाषण गर्दागर्दै उनी ढलेका थिए ।
उनलाई उपचारका लागि तत्काल क्रिमसन अस्पताल पुर्याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरूले आन्दोलनको घोषणा गरेका थिए।














प्रतिक्रिया