श्रीमतीसँग रिसाएका रेशम चौधरीले खोले नयाँ पार्टी


काठमाडौं । रेशम चौधरीले नयाँ पार्टी खोलेका छन् । उनले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता गरेका छन् ।
बिहीबार बहादुर भवन पुगेर उनले नयाँ दल दर्ता गरेका हुन् । केही समयअघि उनले श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको संरक्षक छाडेका थिए । फौजदारी अभियोग लागेका रेशम आफैं पार्टी अध्यक्ष बन्न भने पाउँदैनन् । अघिल्लो निर्वाचनमा उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले चार सिट जितेको थियो ।

नयाँ पार्टीको अध्यक्षमा कबीर सोप छन् । रेशमको पार्टीमा जनमत पार्टी छाडेका अब्दुल खानसमेत छन् । अब्दुल खान आफैं नयाँ दल खोल्न लागेका थिए । तर अहिले उनी रेशमसँगै एउटै पार्टीमा जोडिएका छन् । खान पूर्वमन्त्रीसमेत हुन् ।