काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम दिएको छ । महानगर र प्राधिकरणको बिहीबार संयुक्त र्साजनिक सूचना जारी गर्दै अतिक्रमिक जग्गा तथा मापदण्डविपरीतका संरचना सात दिनभित्र हटाउन भनेका हुन् ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्डविपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसाइएका बस्ती खाली गराउने प्रयास गर्दै आएको छ ।
कतिपय स्थानमा सफल भए पनि बागमती नदी किनारको सुकुमबासी बस्तीलगायतका संरचना भने हटाउन सकेको छैन । खासगरी थापाथली, शंखमूल, बानेश्वर र सिनामंगल करिडोरमा रहेका सुकुम्बासी बस्ती हटाउन काठमाडौं मेयर बालेन्द्र साह बालेनले प्रयास गरेका छन् । उनले संघीय सरकारबाट अपेक्षित सहयोग नभएको गुनासोसमेत गर्दै आएका छन् । यसपटक गृहमन्त्री ओमप्रकाश अर्याल आफ्नै पूर्वसल्लाहकार भएकाले बालेनले सुकुम्बासी बस्तीमा डोजर चलाउने सक्ने धेरैको अनुमान छ ।














प्रतिक्रिया