काठमाडौं । कांग्रेसमा संस्थापन समूह नियमित वा विशेष महाधिवेशनमा जान अनिच्छुक भएपछि इतर समूहको छुट्टै बैठक बसेको छ । पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा कांग्रेस नेता डा. शेखर कोइराला र गगन थापाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन् ।
कोइरालाले आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गरेका हुन् । कांग्रेसमा संस्थापन इतर समूहले नियमित महाधिवेशन आगामी मंसिरभित्र गर्नुपर्ने र नभए विशेष महाधिवेशनमा जानुपर्ने माग राख्दै आएका छन् ।
कांग्रेसको संस्थापन समूहमा भने अहिले आफूहरू महाधिवेशनमा जाँदा सुरक्षित नहुने भन्दै फागुनमा हुने प्रतिनिधिसभाको चुनावपछि पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । यस विषयमा निर्णय गर्न कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।














प्रतिक्रिया