काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन शनिबा मध्यराति सामाजिक सञ्जालमा लेखेको स्टाटसका कारण अहिले चर्चा र विवादमा छन् । शनिबार राति ललितपुरको एउटा क्याफेमा बसेर बालेनले अमेरिकादेखि एमाले–कांग्रेससम्मलाई अश्लील शब्दमा गाली गरेर स्टाटस लेखेका थिए । उनले तिमीहरू सबै मिल्दा पनि केही गर्न सकेनौ भनेर कटाक्ष गरेका थिए । तर बिहानै उनले त्यो स्टाटस डिलिट गरे ।
बालेनको स्टाटसलाई लिएर रातिदेखि नै चर्चा परिचर्चा भइरहेको छ । धेरैले उनलाई मानसिक समस्या देखिएकाले मनोपरामर्शको आवश्यकता देखिएको भनेर टिप्पणी गरेका छन् । कतिपयले संघीय राजधानीको मेयरको स्टाटसले सम्पूर्ण नेपालीकै बेइज्जत भएको भन्दै उनको आलोचना गरिरहेका छन् ।
एमाले नेता कार्यकर्ताले बालेनलाई पक्राउ गर्नुपर्नेसम्मको दबाब दिइरहेका छन् । एमाले नेता महेश बस्नेत र सूर्य थापाले त बालेनलाई देशद्रोहीको संज्ञा दिएका छन् । धेरैले बालेनलाई गँजेडी भन्दै अन्धकारमा बसेर नेपाली जनता र देशप्रति खेलवाड गरेको आरोप लगाएका छन् ।
शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन्। मेयर बालेनप्रति संकेत गर्दै उनले केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेलाबेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ भन्दै यस्तो अनुरोध गरेका हुन्।
‘केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ,’ उनले लेखेका छन् ।
पत्रकार भानुभक्त आचार्य लेख्छन्, ‘बालेनको स्टाटस त देखेको थिएँ उत्तिखेरै । तर, ूकेजतिलाई भन्दा देख्नेलाई लाजू भन्ने सोचेर हालिनँ । बालेनलाई मनोसामाजिक परामर्शको खाँचो देखियो ।’ राति राति जनता भड्काउने स्टाटस लेख्ने गरेकाले पनि बालेनमा मानसिक समस्या देखिएको उनको तर्क छ ।
एमाले नेता सूर्थ थापा लेख्छन्, ‘गाँजा तानेर लुसिफर (दलाल–शैतान) ले बेहोसीमा पागल भई अन्टसन्ट लेख्दै र आफैले हटाउँदै खुब आनन्द मानेको रहेछ। सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नाश भएर रातीराती यसरी बेलाबखत देश बनाउने स्वाँङ पो गर्छ। बाबुले सिंहदरबार बैद्यखाना सकेर सिनामंगलमा दरबार बनाएको जान्नेहरू छोराले सिंहदरबारमा आगो लगाउन भिजिलान्तेहरू पठाएर र दमकल तीनदिनसम्म रोकेर आफ्नो सक्कली अनुहार उदाङ्गो पारिसकेको छ ।’














प्रतिक्रिया