काठमाडौं । जेनजी आन्दोलन बलमा शिक्षामन्त्री बनेका महावीर पुनसमेत काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनको अश्लील स्टाटसबारे बोलेका छन् । मन्त्री बनेको ५५ दिनपछि पुनले बालेनको विरोध गरेका हुन् ।
बालेनले शनिबार मध्यराति अमेरिका, चीन, भारत, एमाले, कांग्रेस, रास्वपा, माओवादीलगायतलाई अश्लील शब्दमा गाली गर्दै तिमीहरूले केही गर्न सक्दैनौ भनेर लेखेका थिए । त्यो स्टाटस उनले बिहानै डिलिट गरेका थिए । तर अहिले सामाजिक सञ्जालभरि बालेनको स्टाटस भाइरल बनेको छ ।
बालेनलाई लक्षित गर्दै मन्त्री पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन्। केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ भन्दै मन्त्री पुनले यस्तो अनुरोध गरेका हुन्।
सर्को ताने पनि केही छैन भन्दै मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्छन्, ‘केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।’
मन्त्री पुनले मेयर बालेनले गाँजा वा त्यस्तै पदार्थ खाने गरेको संकेत गरेका छन् । सामाजिक सञ्जालमा बालेनलाई अहिले गँजेडी भनेर आलोचना तीव्र पारिएको छ ।














प्रतिक्रिया