काठमाडौं । एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलामा फोर्सको घोषणा गरिएको हो । एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले युथ भोलेन्टियर फोर्सको घोषणा गरेका हुन् ।
एमाले नेता एवं युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचार संहिता पनि बनाएको बताए । ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौँ । साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौं,’ उनले भने ।
बस्नेतले केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरु त्यस क्षेत्रमा खटिएको बताए । एमालेले माओवादीको वाइसिएलसँग लड्न युथ फोर्स बनाएको थियो । अहिले जेनजीविरुद्ध दड्न युथ भोलेन्टियर फोर्स गठन गरेको हो ।














प्रतिक्रिया