निकोलस भुसाल पक्राउ, गोरखाको आश्रममा थिए बसेका


काठमाडौं । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई मंगलबार गोरखाबाट पक्राउ गरेको हो ।

गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कात्तिक १६ गते आन्दोलन गर्ने घोषणा गरेका भुसाल सो दिन सम्पर्कविहीन भएका थिए । सामाजिक सञ्जालमा लाइभ आए पनि सडकमा उनको उपस्थिति देखिएको थिएन ।

बालुवाटारमा ड्रोन खसाल्नेसहितका अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो । भुसालले आफू कतै फरार नभएको भन्दै फेसबुकबाट लाइभ प्रसारण गरेका थिए ।