काठमाडौं । ‘हामी नेपाल’ एनजिओका संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालसँग रिसाएका छन् । सामाजिक अभियन्ता निकोलस भुसाललाई पक्राउ गरी मुद्दा चलाएपछि उनले अर्यालप्रति आक्रोशसहित प्रश्न गरेका छन्। एमाले नेता महेश बस्नेतलाई छाडेर निकोलस भुसाललाई मात्र पक्राउ गरेको भन्दै गुरुङले गृहमन्त्रीप्रति आक्रोशसहितको प्रश्न गरेका हुन्।
‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ?’ उनले प्रश्न गर्दै भनेका छन् ।
गुरुङले बन्द कोठामा प्रश्न गर्दागर्दा थाकेर आएको अभिव्यक्ति भएको जिकिर गरे। साथै उनले जेनजी आन्दोलन पनि हार्दै गरेको उल्लेख गरे। ‘बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ,’ उनले भने। भुसालविरुद्ध प्रहरीले सुरक्षा अंगमा बम खसाल्ने धम्की दिएपछि पक्राउ गरेको जनाएको छ ।















प्रतिक्रिया