काठमाडौं । अमेरिकी सहर न्युयोर्कका मेयर जोहरान मम्दानी यतिबेला नेपाली रेस्टुरेन्टमा ममः खाएको विषयले चर्चामा आएका छन् । बुधबार मेयरमा विजयी भएको केही समयपछि उनले ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट ‘लालीगुराँस बिस्ट्रो’मा ममः खाएका थिए । मम्दानीले आफ्नो क्षेत्रकी सांसद अलेक्जेन्ड्रिया ओकासियो कर्तेज )एओसी) सँग ममसहितको खाना खाएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि अहिले चर्चा भइरहेको छ।
उनले नेपाली रेस्टुरेन्टमा सांसद एओसीसँग मम, चिकेन तन्दुरी, चिया, आलुलगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर एक्स (ट्विटर) मा पोस्ट गरेका छन्। ‘लालीगुराँस बिस्ट्रो’ सन् २००८ मा खुलेको हो । ‘तपाईंको निर्वाचित मेयरको व्यस्त पहिलो दिनः बिहान सबेरै अन्तर्वार्ता, परिवर्तन घोषणा र बैठक।
भोलि यी सबैका विषयमा थप कुरा,’ मेयर मम्दानीले तस्बिरसहित एक्समा लेखेका छन्, ‘सबैभन्दा विशेष कुरा ज्याक्सन हाइट्सको लालीगुरास बिस्ट्रोमा मेरी सांसद एओसीसँग लन्च रह्यो।’ ३४ वर्षीय मम्दानी अमेरिकी इतिहासमै पहिलो मुस्लिम समुदायबाट निर्वाचित मेयर हुन् । उनकी आमा मिरा नायर प्रसिद्ध बलिउड निर्देशक हुन् । उनको युगान्डाका नागरिकसँग बिहे भएको थियो । उनी प्रोफेसर हुन् ।














प्रतिक्रिया