काठमाडौं । मुख्यमन्त्री नियुक्तिको विवादले मधेश प्रदेशको राजनीतिमा भाँडभैलो भएको छ । एमाले कोटाबाट नियुक्त भएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले रातारात एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएपछि मधेशमा आगो सल्किएको हो ।
प्रदेश प्रमुख सुवेदीको राजीनामा माग्दै सोमबार उनको कार्यकक्षमा पनि तोडफोड भएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूसमेत तोडफोड गरिएको छ ।उनीहरू प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी जारी राखेका छन् । सडकमा टायर बालिएको छ ।
अस्वस्थ भएर उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख भण्डारीले एमालेका यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेर होटेलमा शपथ खुवाएकी थिइन् । उनले यादबलाई बर्दिबासको एक होटेलमा शपथ गराएकी थिइन् ।














प्रतिक्रिया