काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन्। कात्तिक २२ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ।
रेग्मीले राजीनामा दिएको तीन दिनपछि मात्रै उनको राजीनामा पत्र मंगललबार सार्वजनिक भएको हो।
यसअघि, गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले भारतबाहेक विभिन्न ११ देशमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
तर, सरकारको सो निर्णय कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी गरेको थियो। अदालतले निर्णय कार्यान्वयनमा रोक लगाए पनि सरकारले भने फिर्ता बोलाइएका राजदूतहरूलाई स्वदेश फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो। सोहीअनुसार फिर्ता भएका राजदूतहरू बिहान सिंहदरबार जाने र हाजिर गरेर फर्किने गरेका छन् ।
यसअघि बेलायतका राजदूत चन्द्रप्रसाद घिमिरेले पनि पदबाट राजीनामा दिएका थिए । उनले लन्डनबाट नेपाल प्रस्थान गर्नुअघि राजीनामा दिएको घोषणा गरेका थिए । रेग्मी र घिमिरे दुवै निजामती सेवामा काम गरेका पूर्वप्रशासक हुन् । दुवैजना एमाले कोटाबाट राजदूत नियुक्त भएका थिए । रेग्मी पूर्वमुख्यसचिव हुन् । राजदूत बन्नकै लागि उनले मुख्यसचिव पदबाट राजीनामा दिएका थिए ।














प्रतिक्रिया